ग्लोबल


छत्तीसगढ प्रहरीले गर्‍यो महासचिवसहित ७ जना भारतीय माओवादीको दाहसंस्कार

छत्तीसगढ प्रहरीले गर्‍यो महासचिवसहित ७ जना भारतीय माओवादीको दाहसंस्कार

छत्तीसगढको बस्तर रेन्जका प्रहरी महानिरीक्षक सुन्दरराज पी (फाइल फोटो)


नेपालखबर
जेठ १३, २०८२ मंगलबार ५:४२, काठमाडौँ

भारतको छत्तीसगढ प्रहरीले छत्तीसगढको नारायणपुर जिल्ला प्रहरी मुख्यालयबाट करिब २ किलोमिटर टाढा आश्रम रोड नजिकैको सानो जंगलमा भारतीय माओवादी महासचिव नम्बाल्ला केशव राव उर्फ बसवराजुको शव दाहसंस्कार गरेको छ।

बस्तर रेन्जका प्रहरी महानिरीक्षक सुन्दरराज पीले सीपीआई (माओवादी) का महासचिव बसवराजुको शवसहित ७ नक्सलवादीको शवका विषयमा अहिलेसम्म कुनै स्पष्ट कानुनी दाबी नगरिएपछि कार्यकारी मजिस्ट्रेटको आदेशअनुसार उनीहरूको अन्तिम संस्कार गरिएको बताएका छन्। 

छत्तीसगढ प्रहरीका अनुसार मे २१ मा नारायणपुरको अबुझमदमा भएको मुठभेडमा केशव रावसहित २६ माओवादी मारिएका थिए।

बसबराजुका दाइ राम प्रसाद रावले सोमबार दिउँसो नारायणपुर प्रहरी चौकीमा बोलाएर शवको अवस्थाबारे जानकारी गराई नारायणपुरमै अन्तिम संस्कार गर्न भनिएको बताएका छन्। 

उनले बीबीसी हिन्दीसँग भनेका छन्, ‘प्रहरीले हामीलाई प्रहरी चौकीमा बोलाएर मेरो भाइको शव कुहिन थालेको र अस्पतालबाट मेरो गाउँ लैजानु जोखिमपूर्ण हुने बताएको थियो। उनीहरूले रोग फैलिने डर व्यक्त गर्दै नारायणपुरमै अन्तिम संस्कार गर्नुपर्ने बताए। तर हामी यसमा सहमत भएनौँ।’

यसैबीच भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले विज्ञप्ति जारी गरी आत्मसमर्पण गरेका नेता-कार्यकर्ताका कारण आफ्ना महासचिव बसवराजु मारिएको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad