ग्लोबल


आफ्ना महासचिव मारिएकामा भारतीय माओवादीले भन्यो: यसमा आत्मसमर्पण गरेकाहरूको हात छ

आफ्ना महासचिव मारिएकामा भारतीय माओवादीले भन्यो: यसमा आत्मसमर्पण गरेकाहरूको हात छ

नम्बल्ला केशव राव उर्फ ​​बसवराजुको यो तस्बिर उनको कलेज पढ्न बेलाको हो।


नेपालखबर
जेठ १३, २०८२ मंगलबार ५:२४, काठमाडौँ

भारतीय राज्य छत्तीसगढमा भएको मुठभेडमा नम्बल्ला केशव राव उर्फ ​​बसवराजुसहित धेरै जना  माओवादी मारिएकामा भारतीय कम्युनिस्ट पार्टी अर्थात् सीपीआई (माओवादी) ले प्रतिक्रिया दिएको छ।

सीपीआई माओवादीले प्रेस विज्ञप्ति जारी गरी पार्टी महासचिव ​​बसवराजुको हत्यामा आत्मसमर्पण गरेका माओवादीहरूको ठूलो हात रहेको उल्लेख गरेको हो। 

विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो ६ महिनामा माड क्षेत्र (अबुझमद) का विभिन्न एकाइका केही व्यक्ति कमजोर भएर प्रहरी अधिकारीहरूसमक्ष आत्मसमर्पण गरे र देशद्रोही बने। दादा (केशव राव) को सुरक्षामा मुख्य भूमिका खेल्ने सदस्य पनि तिनैमध्ये पर्छन्।’

मे २१ मा सुरक्षा बलले छत्तीसगढको नारायणपुरमा भएको एक मुठभेडमा नम्बल्ला केशव राव उर्फ ​​बसवराजु मारिएको बताएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad