उत्तर कोरियाले बुधबार नयाँ युद्धपोत प्रक्षेपणका क्रममा भएको दुर्घटनामा दोषी रहेको आरोपमा तीन सिपयार्ड अधिकारीलाई पक्राउ गरेको छ।
उत्तर कोरियाको सरकारी मिडियाले दिएको जानकारीअनुसार लगभग पाँच हजार टन तौल भएको उक्त जहाजको तल्लो भाग प्रक्षेपणका क्रममा भाँचिएको थियो। जसले गर्दा युद्धपोतको सन्तुलन बिग्रियो।
युद्धपोत प्रक्षेपणका क्रममा भएको दुर्घटनाबारे अनुसन्धान सुरु भएको हो।
उत्तर कोरियाली नेता किम जोङ उनले सम्पूर्ण घटनालाई ‘आपराधिक कार्य’ भनेका छन्।
उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएले पक्राउ परेकाहरू उत्तर कोरियाको चोङजिन सिपयार्डका प्रमुख इन्जिनियर रहेको उल्लेख गरेको छ।
यो युद्धपोत चोङजिन सिपयार्डमा नै निर्माण गरिएको थियो।
यस सिपयार्डका निर्माण प्रमुख र एक प्रशासनिक प्रबन्धकलाई पनि हिरासतमा लिइएको छ।
राज्य सञ्चालित मिडिया रिपोर्टका अनुसार ती तीन जना दुर्घटनाका जिम्मेवार थिए।
Shares

प्रतिक्रिया