ग्लोबल


अमेरिकामा आवासीय क्षेत्रमा खस्यो विमान, १५ घरमा आगलागी

अमेरिकामा आवासीय क्षेत्रमा खस्यो विमान, १५ घरमा आगलागी

विमान खसेको क्षेत्र


नेपालखबर
जेठ ८, २०८२ बिहिबार २०:३८, काठमाडौँ

अमेरिकाको सान डिएगोमा बिहीबार बिहान एउटा विमान आवासीय क्षेत्रमा खसेको छ।

यो दुर्घटना आवासीय क्षेत्रमा भएको र धेरै घर तथा कारमा आगलागी भएको बीबीसीले जनाएको छ। 

विमान दुर्घटना भएको स्थल।

बिहीबार बिहान कुहिरोका कारण सान डिएगोको मर्फी क्यान्यन क्षेत्रमा एउटा सानो विमान खसेको स्थानीय अधिकारीले बताएका छन्।

विमान खस्दा करिब १५ घरमा आगलागी भएको छ। धेरै ब्लकमा बस्ने अरूले आफ्नो घर खाली गर्नुपरेको छ।

तर अहिलेसम्म यस दुर्घटनामा कोही घाइते भए वा विमानमा को-को सवार थिए भन्ने कुरा थाहा भएको छैन।

संघीय उड्डयन प्रशासनले दुर्घटनाग्रस्त विमानको मोडेलअनुसार ६ देखि ८ जनासम्म यात्रु बोक्न सक्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad