ग्लोबल


युद्ध अन्त्य गर्न नेतन्याहुका सर्त

युद्ध अन्त्य गर्न नेतन्याहुका सर्त

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु


नेपालखबर
जेठ ८, २०८२ बिहिबार ११:३२, काठमाडौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो देशको सुरक्षा सुनिश्चित गर्ने सर्तमा युद्ध अन्त्य गर्न तयार रहेको बताएका छन्।

ती सर्तमा सबै इजरायली बन्धक रिहाइ र हमासको आत्मसमर्पण पनि पर्छन्। 

साथै हमास नेतृत्वलाई गाजाबाट निष्कासन गरिनुपर्ने र सम्पूर्ण क्षेत्र हतियारमुक्त हुनुपर्ने सर्त पनि नेतन्याहुले राखेका छन्। 

उनले अगाडि भनेका छन्, "गाजा छोड्न चाहनेहरूले छाड्न सक्नेछन्।"

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायल र गाजा बीचको द्वन्द्व सुरु भएयता अहिलेसम्म गाजामा ५३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad