खुजदारमा पाँच जनाको ज्यान जाने गरी स्कुल बसमा भएको बम आक्रमणमा पाकिस्तानले लगाएको भारतको विदेश मन्त्रालयले अस्वीकार गरेको छ।
पाकिस्तानको बलुचिस्तानको खुजदार जिल्लामा बुधबार बिहान स्कुल बसमा गराइएको विस्फोटमा ३ बालबालिकासहित कम्तीमा ५ जनाको मृत्यु भएको छ। दुई दर्जनभन्दा बढी घाइते भएका छन्।
यसमा भारतको षड्यन्त्र रहेको आरोप पाकिस्तानले लगाएको छ।
यस विषयमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने, ‘खुजदारको घटनामा भारतको संलग्नता रहेको बारे पाकिस्तानले लगाएको आधारहीन आरोपलाई भारतले अस्वीकार गर्दछ। भारतले त्यस्ता सबै घटनामा मृत्यु भएकाहरूमा श्रद्धाञ्जली व्यक्त गर्दछ।’
भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘पाकिस्तानका सबै आन्तरिक मामिलामा भारतलाई दोष लगाउने बानी भइसकेको छ।’
756
Shares

प्रतिक्रिया