जापानको साकुराजिमामा बिहीबार (मे १५) भीषण ज्वालामुखी विस्फोट भएको छ।
जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार ज्वालामुखी विस्फोट हुँदा ३,००० मिटर माथिसम्म खरानीको ठूलो मुस्लो निस्किएको थियो।
न्युजविकले सार्वजनिक गरेको भिडिओ फुटेजमा ज्वालामुखीमाथि खरानीको मुस्लो उठेको अद्भूत दृश्य कैद छ।
जेएमएले मानिसहरूलाई ज्वालामुखी स्थानबाट टाढा रहन चेतावनी दिएको छ।
अधिकारीहरूले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेका छन्।अहिलेसम्म कोही घाइते वा उल्लेखनीय क्षतिको खबर छैन।
साकुराजिमा ज्वालामुखी विस्फोटको भिडिओ भाइरल भएको छ।
हेर्नुहोस्-
Wow, this lasted for a few hours....
— Volcaholic 🌋 (@volcaholic1) May 15, 2025
Sakurajima in Kagoshima City, Japan erupted this morning, sending ash 3,000 meters into the air from the Minami-dake crater.
A Level 3 alert is in place, warning of possible volcanic bombs and pyroclastic flows within 2 km of the Minami-dake… pic.twitter.com/Bw6k9JXu2B
कागोशिमा प्रिफेक्चरमा अवस्थित साकुराजिमा जनसंख्या भएको क्षेत्रनजिक पर्छ। यो बारम्बार विस्फोट हुन्छ, जसले नजिकैका बासिन्दा र हवाई यातायातलाई जोखिममा पार्ने गरेको छ।
यसैबीच ज्वालामुखी विस्फोटका कारण कागोशिमा विमानस्थलका २५ वटा उडान रद्द गरिएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

Shares

प्रतिक्रिया