भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय समयअनुसार आज राति ८ बजे राष्ट्रलाई सम्बोधन गर्ने भएका छन्।
पाकिस्तानविरुद्ध भारतको सैन्य कारबाहीपछि मोदीले पहिलोपटक राष्ट्रलाई सम्बोधन गर्न लागेका हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार भारत र पाकिस्तानबीच युद्धविराम भएपछि प्रधानमन्त्री मोदीले आज राति गर्न लागेको सम्बोधनलाई महत्त्वपूर्ण मानिएको छ।
यस क्रममा प्रधानमन्त्री मोदीले 'अपरेसन सिन्दूर' र त्यसपछिका घटनाक्रबारे बोल्ने अनुमान छ।
1.4k
Shares

प्रतिक्रिया