ग्लोबल


पाकिस्तानको आक्रमणमा भारतका २ सैनिक र १ प्रहरी मारिए

पाकिस्तानको आक्रमणमा भारतका २ सैनिक र १ प्रहरी मारिए

नेपालखबर
बैशाख २८, २०८२ आइतबार ६:५७, काठमाडौँ

शनिबार पाकिस्तानी सेनाले गरेको गोलीबारी र ड्रोन आक्रमणमा भारतीय सेनाका दुई जवान मारिएका छन्। 

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार हमलामा एकजना बीएसएफ सब-इन्स्पेक्टरको पनि ज्यान गएको छ। साथै सात जना बीएसएफ सैनिक घाइते भएका छन्। 

यो भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता हुनुअघि शनिबार बिहानको घटना हो।

मेजर पवन कुमार 
हिमाचल प्रदेशका सुबेदार मेजर पवन कुमार पुंछको कृष्णा घाटी सेक्टरमा तैनाथ थिए। शनिबार बिहान उनको पोस्टनजिकै एउटा तोप विस्फोट भयो र उनी सहिद भए। आरएस पुरा सेक्टरमा रातभर भएको गोलाबारीमा जम्मु-कश्मीर लाइट इन्फन्ट्रीका २५ वर्षीय राइफलम्यान सुनील कुमार घाइते भएका छन्। पछि उनको मृत्यु भयो।

सुरेन्द्रकुमार मोगा 
भारतीय वायुसेनाको ३६औँ विङमा मेडिकल असिस्टेन्टका रूपमा काम गर्ने ३६ वर्षीय सार्जेन्ट सुरिन्दर कुमार मोगा जम्मु कश्मीरको उधमपुरमा तैनाथ थिए। पाकिस्तानी सेनाको आक्रमणमा उनले ज्यान गुमाए। उनी सुरुमा बेंगलुरुमा तैनाथ थिए तर बढ्दो टकराबपछि चार दिनअघि मात्र उनलाई उधमपुर पठाइएको थियो।

बीएसएफ जवान सहिद
आरएस पुरा सेक्टरमा अन्तर्राष्ट्रिय सीमामा पाकिस्तानी सेनाको भारी गोलीबारीमा बीएसएफ युनिटका सब-इन्स्पेक्टर मोहम्मद इम्तियाजको मृत्यु भयो। उनीसँगै अन्य सात जना घाइते भएको एक अधिकारीले बताए। 

यसैबीच मुख्यमन्त्री उमर अब्दुल्लाहले सीमापार गोलाबारीबाट मारिएकाहरूको परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिन घोषणा गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad