भारत र पाकिस्तानबीच शनिबार साँझ ५ बजेबाट एकअर्कामाथि गर्दै आएको आक्रमण रोक्ने सहमति भएको छ।
भारतीय विदेश सचिव विक्रम मिश्रीले सो जानकारी दिएका हुन्।
उनले शनिबार साँझ पाँच बजेबाट जल, थल र आकाशमा सैन्य कारबाही र गोलीबारी बन्द गर्ने सहमति भएको पनि बताएका छन्।
‘पाकिस्तानका डाइरेक्टर जनरल अफ मिलिट्री अपरेसनले भारतका समकक्षीले ३ः३५ बजे फोन गर्नुभएको थियो। उहाँहरुबीच दुवै पक्षले गोलीबारी र सम्पूर्ण सैन्य कारबाही भारतीय समयअनुसार ५ बजे बन्द गर्ने सहमति भएको छ। आज, दुवै पक्षलाई सो समझदारी अनुरुपको निर्देशन दिइएको छ। उहाँहरुबीच मे १२ को मध्यान्न १२ बजे कुराकानी गर्ने सहमति भएको छ,’ मिश्रीले भने।
2.8k
Shares

प्रतिक्रिया