भारत प्रशासित कश्मीर सहर श्रीनगरमा शक्तिशाली विस्फोट भएको छ।
भारतीय मिडियाले यस क्षेत्रको प्रमुख पर्यटकीय आकर्षण दाल तालमा "क्षेप्यास्त्रजस्तो वस्तु गहिरो रूपमा खसेको" बताएको छ।
प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीले अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ- वस्तु खस्दा तालको सतहबाट धुवाँ निस्किरहेको थियो, तालबाट निकालिएको भग्नावशेषको विश्लेषण भइरहेको छ।
सहरको बाहिरी भागमा रहेको लसजनबाट अर्को शंकास्पद वस्तु बरामद गरिएको छ भने हिमाचल प्रदेशको उना जिल्लाको चिन्तपूर्णी मन्दिर नजिकैको गाउँमा ‘क्षेप्यास्त्रका टुक्राजस्तो देखिने शंकास्पद धातुको वस्तु’ फेला परेको एजेन्सीले जनाएको छ।
981
Shares

प्रतिक्रिया