ग्लोबल


पाकिस्तानका रक्षामन्त्रीले भने: हामीले आणविक बैठक गरेका छैनौँ

पाकिस्तानका रक्षामन्त्रीले भने: हामीले आणविक बैठक गरेका छैनौँ

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफ


नेपालखबर
बैशाख २७, २०८२ शनिबार १२:२६, काठमाडौँ

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले देशको आणविक हतियारको निरीक्षण गर्ने शीर्ष सैन्य तथा नागरिक निकाय राष्ट्रिय कमान्ड प्राधिकरणको कुनै पनि बैठक तय नभएको बताएका छन्।

भारतविरुद्ध जारी सैन्य कारबाहीका बीच शनिबार बिहान पाकिस्तानी रक्षामन्त्री आसिफले एआरवाई टिभीसँग भने, ‘राष्ट्रिय कमान्ड प्राधिकरणको कुनै बैठक भएको छैन, न त त्यस्तो कुनै बैठकको तालिका छ।’

रोयटर्सका अनुसार पाकिस्तानका सूचना मन्त्रीले भने टिप्पणीका लागि गरिएको अनुरोधमा तुरुन्तै जवाफ दिएनन्।

यसैबीच पाकिस्तानका विदेशमन्त्रीले स्थानीय टीभीलाई भने, ‘भारत रोकिनुपर्ने हो भने हामी यहाँ रोकिने विचार गर्नेछौँ।’

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिर र भारतका विदेशमन्त्री एस जयशंकरसँग कुरा गरेपछि यो टिप्पणी आएको हो। 

अमेरिकी विदेशमन्त्रीले दुवै पक्षलाई तनाव कम गर्न र वार्ता गर्न आग्रह गरेका थिए।

यसैबीच भारतले आफूविरुद्ध पाकिस्तानले आक्रमण जारी राखेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad