ग्लोबल


भारतीय सेनाले भन्यो: पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो

भारतीय सेनाले भन्यो: पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो

भारतीय कर्नेल सोफिया कुरैशी


नेपालखबर
बैशाख २७, २०८२ शनिबार ११:५९, काठमाडौँ

भारतीय सेनाले पाकिस्तानले भारतविरुद्धको आक्रमणमा उच्च गति (हाई स्पिड) को मिसाइल प्रहार गरेको बताएको छ। 

जारी अवस्थाबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा भारतीय कर्नेल सोफिया कुरैशीले पाकिस्तानले पन्जाबको सैन्य अड्डामा उच्च गतिको मिसाइल हानेको तर त्यसलाई भारतले निष्क्रिय पारेको बताएकी हुन्। 

उनले भनिन्, ‘शनिबार बिहान १.४० बजे पन्जाबको सैन्य अड्डामा उच्च गतिको मिसाइल प्रहार गरिएको थियो। तर भारतले निष्क्रिय पारेको छ।’

उनले पाकिस्तानी सेनाले पश्चिमी मोर्चाभरि आक्रामक गतिविधि जारी राखेको पनि बताएकी छन्। 

उनले भनिन्, ‘नियन्त्रण रेखामा ड्रोन घुसपैठ र भारी हतियारबाट गोलीबारी भएको छ। श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई घुसपैठको प्रयास गरिएको थियो, जसमध्ये धेरैजसोलाई विफल पारिएको छ।’

कर्नेल कुरैशीका अनुसार पाकिस्तानले उधमपुर, भुज, पठानकोट, भटिंडा र आदमपुर सैन्य एयरबेसमा रहेका उपकरण र कर्मचारीहरूलाई क्षति पुर्‍याएको छ।

पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विक्रम मिश्रीले भने, ‘पाकिस्तानका गतिविधि निरन्तर उत्तेजक छन्। प्रतिक्रियामा भारतले यी उत्तेजक कार्यरूको जवाफ दिएको छ।’

भारतको यो भनाइमा पाकिस्तानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

यसबीच पाकिस्तानले भारतविरुद्ध ४ सय किलोमिटरसम्म प्रहार गर्ने क्षमताको फतेह मिसाइल तैनाथ गरेको समाचार पनि आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad