ग्लोबल


भारतविरुद्ध ४०० किलोमिटरसम्म हान्न सक्ने फतेह मिसाइल तैनाथ

भारतविरुद्ध ४०० किलोमिटरसम्म हान्न सक्ने फतेह मिसाइल तैनाथ

मार्च २३, २०२४ मा पाकिस्तानको इस्लामाबादमा राष्ट्रिय दिवस मनाउन आयोजित सैन्य परेडमा पाकिस्तानमा निर्मित सतहबाट सतहमा प्रहार गर्न सकिने मिसाइल फताह-१ र लन्चर प्रदर्शन गरिएको थियो। (एपी)


नेपालखबर
बैशाख २७, २०८२ शनिबार ११:४१, काठमाडौँ

भारतविरुद्ध जारी सैन्य कारबाहीका क्रममा पाकिस्तानले आफ्नो फतेह मिसाइल तैनाथ गरेको छ। 

अलजजिराको रिपोर्टअनुसार पाकिस्तानको उन्नत फतेहका दुई संस्करण छन्। जसलाई फतेह-१ र फतेह-२ भनिन्छ।

सैन्य विज्ञहरूका अनुसार, फतेह-१ संस्करण छोटो दूरीको क्षेप्यास्त्र हो जुन १४० किलोमिटर (८७ माइल) टाढासम्म प्रहार गर्न सक्षम छ।

रिपोर्टहरूअनुसार, फतेह-२ संस्करणलाई ‘अझ उन्नत’ भनिएको छ र यसको दायरा ४०० किलोमिटर (२४८ माइल) सम्म छ।

दुवै संस्करणलाई सतहबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्र भनिन्छ।

अरबी भाषामा फतेह शब्दको अर्थ ‘लगभग विजेता’ वा ‘विजेता’ हो।

यसैबीच भारतीय सेनाले पाकिस्तानले आफ्नो पश्चिमी सिमानामा ड्रोन आक्रमण गरेको बताएको छ।

जम्मु कश्मीरको पहलगाममा अप्रिल २२ का दिन भएको आतंकवादी हमलामा २६ जना मारिएपछि पाकिस्तानलाई दोष दिँदै भारतले उसविरुद्ध ‘अपरेसन सिन्दूर’ अभियान चलाइरहेको थियो।

त्यसको जवाफमा पाकिस्तानले पनि भारतविरुद्ध 'अपरेसन बुन्यान-अन-मार्सुस' थालिएको बताएको छ। 

यसैबीच जी-७ देशहरूले भारत र पाकिस्तानलाई शान्ति कायम राख्न र एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad