भारत-पाकिस्तान टकराबबीच भारतीय प्रदेश राजस्थानका सीमावर्ती जिल्लाहरू उच्च सतर्कतामा छन्।
बिहीबार राति अबेरसम्म जारी गोलाबारीपछि प्रशासनले शुक्रबार बाडमेर र जैसलमेर जिल्लामा नयाँ निर्देशिका जारी गरेको छ।
प्रशासनको आदेशमा बाडमेर र जैसलमेरका व्यापारीहरूले साँझ ५ बजेदेखि सबै बजार र प्रतिष्ठान बन्द गरेका छन्।
दुवै जिल्लामा साँझ ६ बजेदेखि १२ घण्टा ब्ल्याकआउट हुनेछ। शनिबार बिहान ६ बजेदेखि मानिसहरूलाई घरमै बस्न पनि आदेश दिइएको छ।
बीकानेर, श्रीगंगानगर र फलोदी जिल्लाहरूमा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म ब्ल्याकआउट हुनेछ।
बाडमेरमा रातभरि सवारीसाधन चलाउन प्रतिबन्ध लगाइनेछ। अनि रक्षा क्षेत्रको पाँच किलोमिटर दायराभित्र प्रवेश पूर्ण रूपमा बन्द गरिएको बीबीसी हिन्दीले जनाएको छ।
732
Shares

प्रतिक्रिया