ग्लोबल


पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान

पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान

जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले इन्स्टाग्राममा यो तस्बिर पोस्ट गरेका छन्।


नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार ८:२६, काठमाडौँ

जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाह आज (९ मे) बिहान जम्मु प्रस्थान गरेका छन्।

मुख्यमन्त्री अब्दुल्लाहले एक्समार्फत सो जानकारी दिएका हुन्। 

उनले पोस्ट गरेका छन्, ‘हिजो (बिहीबार) राति जम्मु सहर र डिभिजनका अन्य भागमा पाकिस्तानी ड्रोन आक्रमण असफल भएपछिको अवस्थाको अवलोकन गर्न म अब जम्मु गइरहेको छु।’

भारतले बिहीबार राति पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेसनहरूमा आक्रमण गरेको तर त्यसलाई विफल पारिएको दाबी गरेको छ। तर पाकिस्तानका रक्षामन्त्रीले त्यसलाई खण्डन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad