ग्लोबल


एर्दोगानको चिन्ता: भारत-पाकिस्तान तनाव गम्भीर युद्धमा परिणत हुन सक्छ

एर्दोगानको चिन्ता: भारत-पाकिस्तान तनाव गम्भीर युद्धमा परिणत हुन सक्छ

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान


नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार ५:३१, काठमाडौँ

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भारत र पाकिस्तानबीच जारी तनावप्रति चिन्ता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा पोस्ट गर्दै एर्दोगानले भारत र पाकिस्तानबीचको सैन्य टकराब गम्भीर द्वन्द्वमा परिणत हुन सक्ने आशंका व्यक्त गरेका हुन्। 

उनले लेखेका छन्, ‘क्षेप्यास्त्र आक्रमणमा धेरै सर्वसाधारणको मृत्यु भएकामा हामी चिन्तित छौँ कि भारत र पाकिस्तानबीचको तनाव गम्भीर युद्धमा परिणत हुन सक्छ।’

उनले अगाडि लेखेका छन्, ‘म आक्रमणमा ज्यान गुमाएका मेरा दाजुभाइका लागि ईश्वरको कृपाको प्रार्थना गर्दछु र फेरि एकपटक मेरा दाजुभाइसमान मानिस र पाकिस्तानप्रति समवेदना व्यक्त गर्दछु।’ 

एर्दोगानले एक दिनअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफसँग फोनमा कुरा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad