पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा आक्रमणपछि भारत सरकारले पहिलोपटक सर्वदलीय बैठक बोलाएको छ। बैठक आज (मे ८) मा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
बैठकबारे जानकारी दिँदै संसदीय मामिला मन्त्री किरेन रिजिजुले एक्समा लेखेका छन्, 'सरकारले मे ८, २०२५ बिहान समिति कक्ष: जी-०७४, संसद् पुस्तकालय भवन, नयाँ दिल्लीमा सबै दलका नेताहरूको बैठक बोलाइएको छ।'
यसैबीचभारतीय कंग्रेसले यस बैठकबाट प्रधानमन्त्री नरेन्द्र मोदीले सबै दलहरूसँग कुरा गर्ने र विश्वास लिने आशा व्यक्त गरेको छ।
कंग्रेस नेता जयराम रमेशले यो 'अपरेसन सिन्दूर'पछि पहिलो सर्वदलीय बैठक हुने बताएका छन्।
1.1k
Shares

प्रतिक्रिया