ग्लोबल


विदेश भ्रमण रोकेर मोदीले राखे सुरक्षा बैठक, सरिफले राष्ट्रका नाममा सम्बोधन गर्ने

विदेश भ्रमण रोकेर मोदीले राखे सुरक्षा बैठक, सरिफले राष्ट्रका नाममा सम्बोधन गर्ने

नेपालखबर
बैशाख २४, २०८२ बुधबार १४:४३,

पाकिस्तानमाथिको सैन्य कारबाहीका कारण परिस्थिति बिग्रिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को साता गर्न लागेको युरोप भ्रमण स्थगित गरेका छन्। 

उनले क्रोएसिया, नेदरल्यान्ड्स र नर्वे भ्रमण गर्ने तालिका थियो। 

उनले बुधबार उच्चस्तरीय सुरक्षा बैठक राखेका छन्। जसमा गृहमन्त्री अमित शाह, राक्षमन्त्री राजनाथ सिंह र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसहितका अधिकारीहरू बसेका छन्।

सैन्य कारबाहीबारे मोदीले सार्वजनिक अभिव्यक्ति दिएका छैनन्।

उता, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले पनि उच्चस्तरीय राष्ट्रिय सुरक्षा समितिको बैठक डोकका छन्। 

बैठकपछि उनले राष्ट्रका नाममा सम्बोधन गर्ने बताइएको छ। 

गतरातिको भारतीय आक्रमणपछि आणविक हतियार सम्पन्न यी दुई छिमेकीबीच तनाव शिखरमा छ। जुनसुकै बेला यो पूर्णयुद्धमा बदलिन सक्ने वश्लेषकहरूको भनाइ छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad