ग्लोबल


कोलकाता: आगलागी भएर १४ जनाको मृत्यु भएको होटलका मालिक र प्रबन्धक पक्राउ

कोलकाता: आगलागी भएर १४ जनाको मृत्यु भएको होटलका मालिक र प्रबन्धक पक्राउ

आगलागी भएको ऋतुराज होटल


नेपालखबर
बैशाख १८, २०८२ बिहिबार १२:२४, काठमाडौँ

भारतको कोलकातास्थित ऋतुराज होटलमा आगलागी हुँदा १४ जनाको मृत्युु घटना अनुसन्धानका क्रममा होटलका मालिक र प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले ऋतुराज होटलका मालिक आकाश चावला र प्रबन्धक गौरव कपुरलाई बिहीबार बिहान पक्राउ गरेको हो।

बीएनसीको धारा १०५ (हत्या नभई अपराधपूर्ण हत्या) र पश्चिम बंगाल अग्नि सेवा ऐनअन्तर्गत जोरसांको प्रहरी चौकीमा दुवै जनाविरुद्ध स्वतः जाहेरी दर्ता गरिएको थियो।

मंगलबार अर्थात् अप्रिल २९ मा कोलकाताको मच्छुआ क्षेत्रमा रहेको ऋतुराज होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad