कारोबार


कोसी लगानी सम्मेलन : शोकेस भयो ३२ अर्ब लागतको ‘ग्रिन हाइड्रोजन एन्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट’

कोसी लगानी सम्मेलन : शोकेस भयो ३२ अर्ब लागतको ‘ग्रिन हाइड्रोजन एन्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट’

प्रतिनिधिमूलक तस्बिर


नेपालखबर
बैशाख १८, २०८२ बिहिबार १२:११, काठमाडौँ

कोशी प्रदेशमा आजदेखि सुरु हुने लगानी सम्मेलनमा ३२ अर्ब लागतको ग्रिन हाइड्रोजन एन्ड केमिकल फर्टिलाइजर प्रोजेक्ट शोकेस गरिएको छ।

सुनसरीमा उद्योग खोल्ने गरी सम्मेलनमा आयोजना शोकेस गरिएको हो।

काठमाडौं विश्वविद्यालयका हाइड्रोजन परियोजना प्रमुख डा. विराजसिंह थापाले ग्रिन हाइड्रोजन र युरिया मल उत्पादनको लागि हस्ताक्षर हुने बताए।

हस्ताक्षरसँगै आयोजनामा लगानी गर्ने साझेदार टुंगिने उनको भनाइ छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रममा पौने २ खर्बका परियोजना शोकेस गरिएको छ।

नयाँ परियोजनाको रुपमा हाइड्रोजन र युरियाको उद्योग खोल्ने परियोजना छ।

उद्योग निर्माणका लागि ६ वर्षको समय लाग्नेछ भने सार्वजनिक निजी साझेदारीमार्फत आयोजना बन्ने उल्लेख गरिएको छ।

विश्वमा सन् २०५० सम्म २२ प्रतिशत ऊर्जा ग्रिन हाइड्रोजन हुने बताइएको छ। उद्योगले ग्रिन हाइड्रोजन र युरिया लगायतका केमिकल उत्पादन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad