इरानको दक्षिणी सहर बन्दर अब्बासको शाहिद राजाई बन्दरगाहमा शनिबार भीषण विस्फोट हुँदा मृत्यु हुनेको संख्या ५ र घाइतेको संख्या ७०० पुगेको इरानी सञ्चारमाध्यमले जनाएका छन्।
यो विस्फोट शनिबार बिहान शाहिद राजाई बन्दरगाह जिल्लामा भएको हो।
विस्फोट यति शक्तिशाली थियो कि नजिकैका कार्यालयहरूका झ्यालहरू फुटेका थिए र कम्तीमा एउटा भवनको छाना ढलेको थियो।
सार्वजनिक तस्बिरमा विस्फोटका बेला समयमा मानिसहरू त्यहाँबाट भागिरहेको र धेरै मानिस सडकमा घाइते अवस्थामा लडिरहेको देख्न सकिन्छ।
प्राप्त रिपोर्टअनुसार विस्फोटका कारण भत्किएको भवनको भागमुनि धेरै मानिस पुरिएका छन्।
एक संकट व्यवस्थापन अधिकारीले बीबीसी फारसी सेवासँग भनेका छन्, ‘शाहिद राजाई बन्दरगाहको वाटरफ्रन्ट क्षेत्रमा भण्डारण गरिएका धेरै कन्टेनरहरूमा विस्फोट भएको थियो।’

इरानी राष्ट्रपति मसुद पेजेश्कियानले विस्फोटको अनुसन्धान गर्न आदेश दिएका छन्।
Shares

प्रतिक्रिया