ग्लोबल


क्यानडाको ‘एडभान्स भोटिङ’मा कीर्तिमानी मतदान

क्यानडाको ‘एडभान्स भोटिङ’मा कीर्तिमानी मतदान

नेपालखबर
बैशाख ८, २०८२ सोमबार ९:२४, काठमाडौँ

क्यानडाको आम चुनाव हुनुभन्दा चार दिनअघि धेरै जना क्यानेडियन नागरिक ‘एडभान्स भोटिङ’ (अग्रिम मतदान) मा उत्साहजनक देखिएको छ। 

सोमबार सकिने अग्रिम मतदानले रेकर्ड तोड्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रारम्भिक अनुमानअनुसार पहिलो दिन नै लगभग २० लाख मतदाताले मतदान गरेका छन्।

शुक्रबार देशभरका मतदान केन्द्रमा लामो लाइन देखिएको व्यापक रिपोर्टपछि स्वतन्त्र एजेन्सीले शनिबार यो घोषणा गरेको हो। 

२०२१ को संघीय चुनावमा अग्रिम मतदानको पहिलो दिनको तुलनामा यो मतदान प्रतिशत ३६ प्रतिशत वृद्धि भएको हो। 

क्यानडाको आम निर्वाचन यही अप्रिल २८ मा हुँदै छ। त्यहाँ चुनावअघि अग्रिम मतदान गर्ने नियम छ।

बीबीसीका अनुसार यसलाई देशको सबैभन्दा महत्त्वपूर्ण चुनावमध्ये एक मानिएको छ।

किनभने यतिबेला क्यानडाले अमेरिकाबाट भारी भन्सार शुल्कका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई अमेरिकामै विलय गराउनेजस्ता अभिव्यक्तिको सामना गरिरहेको छ।

बीबीसीका अनुसार लिबरल पार्टीका नेता तथा पूर्वकेन्द्रीय बैंकर मार्क कार्नी हाल मतदानमा अगाडि छन्, तर उनका कन्जरभेटिभ प्रतिद्वन्द्वी पियरे पोइलिभ्रेले पनि राम्रो जनसमर्थन पाइरहेका छन्।

क्यानडाका वर्तमान प्रधानमन्त्री मार्क कार्नी हुन्। मार्क कार्नीले क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडोको स्थान लिएका हुन्।

आफ्नै पार्टीको बढ्दो दबाबका कारण ट्रुडोले जनवरीमा प्रधानमन्त्री पदबाट राजीनामा दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad