ग्लोबल


दुबईमा एक पाकिस्तानीले गरे २ भारतीयको हत्या

दुबईमा एक पाकिस्तानीले गरे २ भारतीयको हत्या

श्रीनिवास र प्रेम सागर


नेपालखबर
बैशाख ३, २०८२ बुधबार १२:२०, काठमाडौँ

दुबईमा एक पाकिस्तानी नागरिकले दुई भारतीयको हत्या गरेका छन्।

नवभारत टाइम्सका अनुसार यही अप्रिल ११ मा दुबईको मोडर्न बेकरी एलएलसीमा काम गर्ने क्रममा अष्टपु प्रेम सागर र श्रीनिवासको हत्या गरिएको हो। उनीहरू भारत तेलंगनाका बासिन्दा थिए। 

आक्रमणकारी पाकिस्तानी नागरिकले दुवैलाई मार्दै गर्दा ठूलो स्वरमा धार्मिक नारा लगाएका थिए। साथै पाकिस्तान जिन्दावाद पनि भनेका थिए।

घटनापछि वरपरका क्षेत्रमा त्रास फैलिएको थियो।

तेलंगानाका दुवै मृतकका परिवार स्तब्ध भएका छन्। उनीहरू अब शवको प्रतीक्षामा छन्। 

प्रक्रिया छिटो बनाउन भारतीय दूतावासमार्फत दुबई प्रहरीलाई अनुरोध गरिएको छ।

अष्टपु प्रेम सागर निर्मल जिल्लाका थिए भने श्रीनिवास निजामाबाद जिल्लाका थिए। 

परिवारले अष्टपु र श्रीनिवासको हत्या भारतीय र हिन्दु भएकाले गरिएको आरोप लगाएको छ।

हत्यारा पाकिस्तानी नागरिक भएको बताइएको छ। ऊ दुवै जनासँग एउटै बेकरीमा काम गर्थ्यो।

प्रेमसागरका भाइ सन्दीपले सामान्य विवादपछि हत्या गरिएको बताए। भारतबाट आएको र हिन्दु भएकै कारण उनीहरू मारिएको दाबी सन्दीपले गरेका छन्। 

उनले भने, ‘हामी न्यायका लागि अपिल गर्छौं र सरकारबाट सहयोगको अपेक्षा गर्छौं।’

दोस्रो छोरीको अनुहार पनि हेर्न पाएनन् 
प्रेमसागर साढे दुई वर्षअघि दुबई गएका थिए। उनले एक आफन्तमार्फत जागिरको बारेमा थाहा पाएका थिए। त्यतिबेला उनकी श्रीमती प्रमिला गर्भवती थिइन्। उनकी जेठी छोरी अहिले ९ वर्षकी भइन्। तर दोस्रो छोरी उनले देख्नै पाएनन्। 

यो घटनाले सिंगो गाउँमा शोकमा डुबेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad