ग्लोबल


जम्मु-कस्मिरमा घुसपैठ रोक्दा मारिए सेनाका सुबेदार

जम्मु-कस्मिरमा घुसपैठ रोक्दा मारिए सेनाका सुबेदार

सुबेदार कुलदीप चन्दको फाइल फोटो


नेपालखबर
चैत ३०, २०८१ शनिबार १२:२७, काठमाडौँ

जम्मु-कस्मिरको सुन्दरबनीस्थित नियन्त्रण रेखामा भएको कारबाहीका क्रममा सेनका सुबेदार कुलदीप चन्द मारिएका छन्। 

भारतीय सेनाको ह्वाइट नाइट कोर्प्सका अनुसार ११ अप्रिलको रात कुलदीप चन्द सुन्दरबनीको केरी-बट्टल क्षेत्रमा घुसपैठविरोधी अभियानको नेतृत्व गर्ने क्रममा मारिएका हुन्। 

ह्वाइट नाइट कोर्प्सले एक्समा भनेको छ, ‘जनरल अफिसर कमान्डिङ (जीओसी) ह्वाइट नाइट कोर्प्स र सबै श्रेणी ९ पञ्जाब रेजिमेन्टका बहादुर सुबेदार कुलदीप चन्दको सर्वोच्च बलिदानलाई सलाम गर्दछन्।’

पोस्टमा थप भनिएको छ, ‘उनले ११ अप्रिलको रात सुन्दरबनीको केरी-बट्टल क्षेत्रमा नियन्त्रण रेखामा घुसपैठविरुद्धको अभियानको साहसपूर्वक नेतृत्व गर्दा आफ्नो जीवन बलिदान दिए।’

ह्वाइट नाइट कोर्प्सले सहिद कुलदीप चन्दको परिवारप्रति समवेदना व्यक्त गरेको छ। 

उसले लेखेको छ, ‘उनको टोलीको बहादुरी र सुबेदार कुलदीपको सर्वोच्च बलिदानले आतंककारीहरूको घुसपैठको प्रयासलाई विफल बनायो। यो दुःखको घडीमा हामी शोकसन्तप्त परिवारको साथमा छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad