रुसका तर्फबाट चिनियाँ नागरिक पनि युक्रेनविरुद्ध लडिरहेको भनी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गरेको दाबीलाई चीनले 'गैरजिम्मेवार टिप्पणी' भनेको छ।
जेलेन्स्कीले बुधबार युक्रेनविरुद्धको युद्धमा कम्तीमा १५५ चिनियाँ नागरिक रुसका तर्फबाट लडिरहेको दाबी गरेका थिए।
समाचार एजेन्सी रोयटर्सका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भनेका छन्, ‘म दोहोर्याउन चाहन्छु- चीन युक्रेनमा द्वन्द्वको सूत्रधार होइन, न त चीन कुनै द्वन्द्वमा भाग लिइरहेको छ। हामी यस संकटको शान्तिपूर्ण समाधानको दृढ समर्थक हौँ।’
उनले जेलेन्स्की वा अन्य कुनै अधिकारीको नाम नलिई अगाडि भनेका छन्, ‘हामी सम्बन्धित पक्षलाई चीनको भूमिकालाई सही र गम्भीरतापूर्वक बुझ्न र गैरजिम्मेवार टिप्पणी नगर्न आग्रह गर्दछौँ।’
591
Shares

प्रतिक्रिया