युक्रेनका राष्ट्रपति भोदोमिर जेलेन्स्कीले युक्रेनी सेनाले रुसी सेनासँगै युक्रेनविरुद्धको युद्धमा संलग्न दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको दाबी गरेका छन्।
जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो युक्रेनी सीमामा रहेको डोनेट्स्क क्षेत्रमा भएको हो। यी व्यक्तिहरूसँग परिचयपत्र, बैंक कार्ड र व्यक्तिगत जानकारी पनि फेला परेको छ।’
भिडिओसहित जेलेन्स्कीको पोस्ट:
Our military has captured two Chinese citizens who were fighting as part of the Russian army. This happened on Ukrainian territory—in the Donetsk region. Identification documents, bank cards, and personal data were found in their possession.
We have information suggesting that… pic.twitter.com/ekBr6hCkQL — Volodymyr Zelenskyy / Володимир Зеленський (@ZelenskyyUa) April 8, 2025
जेलेन्स्कीले यी दुई व्यक्तिका साथै युक्रेननजिकै रुसी सेनामा धेरै चिनियाँ नागरिक रहेको सूचना पाएको दाबी गरेका छन्।
उनले लेखेका छन्, ‘हामी यो कुराको अनुसन्धान गरिरहेका छौँ। गुप्तचर विभाग, युक्रेनको सुरक्षा सेवा र सेनाका सम्बन्धित विभागले यसमा काम गरिरहेका छन्।’
जेलेन्स्कीले युक्रेनका विदेशमन्त्रीलाई तुरुन्तै चीनसँग सम्पर्क गर्न र यस विषयमा छलफल गर्न आग्रह गरेको बताएका छन्।
यसैबी युक्रेनका विदेशमन्त्री एन्ड्रिया सिबिहाले पनि सामाजिक सञ्जालमा पोस्ट गर्दै यस विषयमा प्रतिक्रिया जनाएका छन्।
उनले लेखेका छन्, ‘जहाँसम्म युक्रेनी सेनाविरुद्धको युद्धको कुरा छ, हामी युक्रेनमा रुसी सेनासँग चिनियाँ नागरिकहरूको संलग्नताको कडा आलोचना गर्छौं। हामीले युक्रेनका लागि चिनियाँ राजदूतलाई यस विषयमा हाम्रो आपत्ति व्यक्त गर्न र उनको स्पष्टीकरण माग्न परराष्ट्र मन्त्रालयमा बोलाएका छौँ।’
Shares

प्रतिक्रिया