संयुक्त राष्ट्रसंघको सुडान मिसनमा खटिएका नेपाली सेनाका प्रमुख सेनानी (लेफटिनेन्ट कर्णेल) रिदेश विष्टको निधन भएको छ।
उनको सुडानस्थित मिसन मुख्यालय जालिङ्गीमा हृदयाघातका कारण ज्यान गएको सैनिक मुख्यालयले जनाएको छ।
ललितपुरको सानेपाका स्थायी बासिन्दा विष्टको शव अहिले सुडानकै एक अस्पतालमा राखिएको छ। सुडान मिसन मुख्यालयमा विष्ट ‘स्टाफ अफिसर’का रूपमा ९ महिना अघि खटिएका थिए।
संयुक्त राष्ट्रसंघले शव हस्तान्तरण गर्न समय लाग्ने भएकाले शव नेपाल ल्याउन समय लाग्ने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।
मिसन मुख्यालयले भने आइतबार नै संयुक्त राष्ट्र संघको सम्मान दिँदै विष्टलाई अन्तिम श्रदाञ्जली दिएको छ।
प्रतिक्रिया