ग्लोबल


अमेरिकामा ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन

अमेरिकामा ट्रम्पविरुद्ध देशव्यापी प्रदर्शन

नेपालखबर
चैत २४, २०८१ आइतबार ८:५०, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशैभर विरोध प्रदर्शन भइरहेको छ। 

बीबीसीका अनुसार दोस्रोपटक राष्ट्रपतिको पद सम्हालेपछि ट्रम्पविरुद्ध अमेरिकी जनताले प्रदर्शन गरेको यो पहिलोपटक हो।

अमेरिकाका सबै ५० राज्यका करिब १२ सय स्थानमा विरोध प्रदर्शन भइरहेका छन्। जसलाई ‘ह्यान्ड्स अफ’ नाम दिइएको छ। यसको अर्थ ट्रम्पले जनताको मामिलामा हस्तक्षेप गर्नु हुँदैन भन्ने हो।

प्रदर्शनकारीहरूले सामाजिक र आर्थिक मामिलालगायत धेरै विषयमा ट्रम्पको एजेन्डाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

ट्रम्पले विश्वका धेरै देशका सामानमा चर्को भन्सार शुल्क लगाएपछि अमेरिकाबाहिर पनि लन्डन, पेरिस र बर्लिनजस्ता विश्वका विभिन्न सहरमा विरोध प्रदर्शन भएका छन्। 

अमेरिकाको बोस्टनमा केही प्रदर्शनकारीले अमेरिकी विश्वविद्यालयका विद्यार्थीविरुद्ध अध्यागमनसम्बन्धी छापा मारेका कारण विरोध गरिरहेको बताएका छन्। 

हालै अमेरिकी विश्वविद्यालयका केही विदेशी विद्यार्थीलाई गिरफ्तार गरी उनीहरूलाई देश निकाला गरिएको थियो।

डेमोक्र्याटिक सांसदहरूको भाषण सुन्न वासिङ्टन डीसीमा हजारौँ प्रदर्शनकारी भेला भएका थिए।

भाषणमा ट्रम्प प्रशासनका धनी व्यक्तिहरूको आलोचना गरिएको थियो। जसमध्ये सबैभन्दा प्रमुख नाम राष्ट्रपतिको सल्लाहकार तथा सरकारी खर्च घटाउने विभागको नेतृत्वकर्ता इलोन मस्कको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad