ad ad

ग्लोबल


लण्डनमा आइसोलेसनमा बसेका नेपाली इन्जिनियर पन्तको निधन

लण्डनमा आइसोलेसनमा बसेका नेपाली इन्जिनियर पन्तको निधन

प्रजय शुक्ल
चैत १६, २०७६ आइतबार १३:३४,

लामो समयदेखि लण्डनमा बस्दै आएका ६३ वर्षीय इन्जिनियर केदार पन्तको शनिवार निधन भएको छ। निर्माण परिकल्पनाकारका रुपमा कार्यरत इन्जिनियर पन्त गैरआवासीय नेपाली संघ (एनआरएएनए) युके सल्लाहकार तथा नेपाल इन्जिनियर्स एसोसिएसन युके सेन्टरका संस्थापक सल्लाहकार थिए।

ग्रीनफोर्ड, लण्डनस्थित निवासमै शनिबार अस्वस्थ महसुस गरेपछि पन्तलाई एम्बुलेन्सबाट अस्पताल लगिएको थियो। चिकित्सकले उनलाई अस्पतालमै मृत घोषित गरे।

नेपाल इन्जिनियर्स एसोसिएसन युके केन्द्रका अध्यक्ष इन्जिनियर तेजेन्द्र रोकाका अनुसार कोरोनाको आशंकामा पन्त विगत १० दिनदेखि घरमै आइसोलेसनमा बसेर काम गर्दै आएका थिए।

पन्त मृत्युको कारण ह्रदयघात वा कोरोना के हो भन्ने थाहा पाउन तीन दिन पर्खनु पर्नेछ। मृत्युको कारणसहितको अस्पताल रिपोर्ट आएपछि सो  थाहा हुनेछ। नेपाल घर लम्जुङ भएका पन्तलाई र्मिगौलासम्बन्धी समस्या पनि थियो।

उनको निधनप्रति एनइएयुकेले गहिरो शोक व्यक्त गरेको छ। उनी श्रीमती र एक छोराका साथ लण्डन बस्दै आएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .