कारोबार


नेपाल उद्योग वाणिज्य महासंघद्वारा पचास लाख सहयोग

नेपाल उद्योग वाणिज्य महासंघद्वारा पचास लाख सहयोग

नेपालखबर
चैत १६, २०७६ आइतबार १३:२४,

सरकारले स्थापना गरेको कोरोना भाइरस सक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल उद्योग वाणिज्य महासंघले रु ५० लाख सहयोग उपलब्ध गराएको छ।

महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको टोलीले रु ५० लाख नगद र करिब रु ७० लाख बराबरको खाद्य सामग्री तथा अन्य औषधी र औषधिजन्य सामग्री उपलब्ध गराएको छ। खाद्य तथा दैनिक उपभोग्य बस्तु भने लकडाउनका कारण समस्यामा परेका दैनिक ज्यालादारी तथा श्रमिक वर्गलाई उपलब्ध गराउनेछ।

महासंघले विपद्को समयमा सानो सहयोगले पनि ठूलो राहत दिने लक्ष्यका साथ महासंघका पदाधिकारीसहितको टोलीले सहयोग रकम उपलब्ध गराएको अध्यक्ष राणाले जानकारी दिइन्।

अध्यक्ष राणासहितको टोलीले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई उक्त सहयोग रकम उपलब्ध गराएको हो। सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्वअध्यक्ष पशुपति मुरारकालगायत उपस्थित थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .