ग्लोबल


जेलेन्स्की हुर्केकै सहरमा रुसको आक्रमण, १८ जनाको मृत्यु

जेलेन्स्की हुर्केकै सहरमा रुसको आक्रमण, १८ जनाको मृत्यु

युक्रेनमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणबाट १८ जनाको मृत्यु भएको छ।


नेपालखबर
चैत २३, २०८१ शनिबार १०:३७, काठमाडौँ

मध्य युक्रेनको क्रिभी रिह सहरमा रुसले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको र धेरै जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणमा मारिएकामा ९ जना बालबालिका पनि रहेको बताएका छन्।

बीबीसीका अनुसार यो आक्रमण भएको क्रिभी रिह त्यही सहर हो जहाँ राष्ट्रपति जेलेन्स्की हुर्केका थिए।

स्थानीय अधिकारीहरूले रुसले ब्यालिस्टिक क्षेप्यास्त्र आवासीय क्षेत्रमा प्रहार गरेको बताएका छन्।

घटनास्थलका तस्बिरले आक्रमणमा दसतले भवनका फ्ल्याटमा क्षति पुगेको देखाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad