चीनले आफ्ना सामानमा लगाइएको भन्सार महसुल तत्काल फिर्ता लिन अमेरिकालाई आग्रह गरेको छ।
बीबीसीका अनुसार चीनको वाणिज्य मन्त्रालयले अमेरिकालाई आफ्ना साझेदारहरूसँग वार्तामार्फत व्यापार विवादको उचित समाधान खोज्न अपिल पनि गरेको छ।
चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ताले भने, ‘चीन यस निर्णयको कडा विरोध गर्छ र आफ्नो अधिकार र हितको रक्षा गर्न कडा कदम चाल्नेछ।’
यसअघि चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापारलाई ‘बदलाको लडाइँ’मा परिणत गरिरहेको उल्लेख गरेको थियो।
ट्रम्पको कर घोषणाबाट चीन सबैभन्दा बढी प्रभावित भएको छ, किनकि अब सबै चिनियाँ सामानमा थप ३४ प्रतिशत आयात शुल्क लगाइएको छ।
यसअघि मार्च ४ मा अमेरिकाले चीनबाट आउने सामानमा २० प्रतिशत कर लगाइसकेको छ।
429
Shares

प्रतिक्रिया