कारोबार


नेपालमा लगानी गर्न थाई लगानीकर्तालाई प्रधानमन्त्रीको आह्वान

नेपालमा लगानी गर्न थाई लगानीकर्तालाई प्रधानमन्त्रीको आह्वान

नेपालखबर
चैत २१, २०८१ बिहिबार १५:२८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको थाईलाइन्ड भ्रमणको तेस्रो दिन थाइलाइन्डका र नेपालका व्यवसायीहरूसँग छलफल गरेका छन्। सो क्रममा नेपालमा लगानीका सम्भावना, अवसरकाबारे सहकार्यका विषयमा छलफल भएको छ। 

नेपालमा लगानीको सम्भावना र अवसरकाबारेमा प्रधामन्त्रीले नेपाल र थाईल्याडका व्यापरीबीच छलफल गरे। प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार डाक्टर युवराज खतिवडाले दुई देशका व्यपारीहरूको छलफलमा लगानीका विविध आयामका विषयमा छलफल भएको बताए। 

उनकाअनुसार छलफलका क्रममा लगानीमात्रै नभई भावनात्मक रुपमै सहकार्य गर्न नेपाल तयार रहेको सन्देश थाइका उद्योगी व्यापारीसहित लगानीकर्ताहरूलाई दिए। निर्माण उद्योग, होटल व्यवसायी, खाद्य प्रशोधन, पर्यटनसँग सम्बन्धित लगानीकर्ताहरू छलफलमा सहभागी थिए। उनीहरूले नेपालमा लगानी गर्न आतुर रहेको बताएका थिए।

छलफलबारे जानकारी दिँदै खतिवडाले भने– ‘निर्माण उद्योग, होटल व्यवसायी, खाद्य प्रशोधन, पर्यटनसँग सम्बन्धित लगानीकर्ताहरू छलफलमा सहभागी हुनुहुन्थ्यो। उहाँहरूले नेपालमा लगानी गर्न आतुर रहेको बताउनुभयो। त्यसका लागि उपयुक्त पार्टनहरूको खोजी हामी गर्छौं भनेर थाइ लगानीकर्ताले गर्नुभएको छ। लगानी गरिसकेपछि विदेशी मुद्रा फर्काउनेबारे नेपालमा रहेको व्यवस्थाका बारेमा  चासो रह्यो। कर्मचारी प्रशासनले दिने दु:ख, झन्झटिलो व्यवस्थालाई हटाउन, भन्सारका दरहरू घटाएर व्यवस्थित गर्न समेत लगानीकर्ताले जोड दिए।’

छलफलमा सहभागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्नुपर्ने क्षेत्रहरूका बारेमा छलफल भएको बताए। उनका अनुसार ती क्षेत्रमा लगानीका लागि प्रधानमन्त्री ओलीले आह्वान गरे।  

छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट ढकालले आफ्नो भनाइ राख्दै कानूनहरू संशोधन पछि लगानीमा सहज बनाएको र थाइ  व्यवसायीलाई नेपालमा लगानीका लागि सहज रहेको बताए।

उनले भने– ‘नेपालमा इनभेष्ट गर्नुपर्ने जतिपनि सेक्टर छन् ती सेक्टरमा लगानी गर्न प्रधानमन्त्रीले आह्वान गरे। धेरैजसो लगानीसम्बन्धि कानूनहरू परम्परागत थिए, ती लगानीका लागि बाधक थिए, ति सबै कानूनहरू लाई संशोधन गरेर सहज बनाइएको अवस्था छ, सरकारको कमिटमेन्ट इन्सोरेन्स गर्ने भन्ने छ, त्यसले थाई व्यवसायीहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरेको छ।’

छलफलका क्रममा थाइ व्यवसायीहरूले पर्यटन, होटल, हस्पिटल, निर्माणजन्य कच्चा पदार्थ जस्ता नेपालमा सम्भावित लगानीका क्षेत्रमा लगानी गर्न चासो देखाएका थिए। लगानी गर्नका लागि कानून सहज भए/नभएको, लगानी पछि मुनाफा फिर्ता लैजाने कानूनी प्रबन्ध केकस्तो रहेको बारे चासो राखेका थिए। नेपालमा विदेशी मुद्रको सहजता, रिजर्भहरू केकस्तो छ, भन्ने उनीहरूको चासो थियो।

थाइ व्यवसायी तथा लगानीकर्ताहरूलाई नेपाली व्यवसायीको प्रतिनिधिमुलक टोलीलले नेपालमा लगानीका लागि धेरै सम्भावना रहेको बताएको थियो।

जलविद्युत क्षेत्रमा भारतसँग १० हजार मेगावार्टको सम्झौता भएको थियो। सोही अनुसार उत्पादन गर्नुपर्ने अवस्था, पर्यटन क्षेत्रमा प्रवर्द्धन गर्नका लागि पनि नेपालमा प्रचुर सम्भावना रहेको छलफलमा राखिएको ढकालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad