भारतको महाराष्ट्र राज्यमा पर्ने नागपुर सहरमा एउटा अचम्मलाग्दो घटना सार्वजनिक भएको छ।
जहाँ एक महिलाले अन्य महिलालाई झुक्याएर यौन शोषण गरेको आरोपमा गिरफ्तार गराएकी छन्।
इन्डिया टुडेको रिपोर्टअनुसार २४ वर्षीया महिलाले आफ्ना ३२ वर्षीय श्रीमान्को ह्वाट्सएप ह्याक गरेपछि कर्तुत खुलेको हो।
महिलाले पतिको च्याट हेरेपछि उनले चार/पाँच महिलाहरुलाई आफू अविवाहित भएको बताउँदै पैसा माग्ने तथा फोटो र भिडिओमार्फत यौन सम्बन्ध राख्न आग्रह गर्ने गरेको पत्ता लागेको उल्लेख गरेकी छन्।
प्रहरीका अनुसार आरोपित पुरुष नागपुरमा पान पसल चलाउँथे र उनी सहर आसपासका होटलमा महिलाहरूलाई भेट्ने गर्थे।
यस विषयमा एक पीडितले ती व्यक्तिविरुद्ध जाहेरी पनि दिएकी छन्। हाल प्रहरीले उनलाई पक्राउ गरी कारबाही सुरु गरेको छ।
ती व्यक्तिकी पत्नीले उनीविरुद्ध क्रूरताको मुद्दा पनि दर्ता गराएकी छन्। शंका लागेपछि उनले आफ्नो श्रीमान्को फोन क्लोन गरिन्।
रिपोर्टअनुसार, आरोपितले नक्कली नाम प्रयोग गरेर महिलाहरूलाई झुक्याएका थिए।
एक पीडितले आरोपितले अर्कै धर्मको भए पनि आफूलाई साहिल शर्मा भनेर चिनाउने गरेको बताएकी छन्।
१९ वर्षीया पीडित युवतीले आरोपितले आफू विवाहित र बच्चा भएको कुरा उनीबाट लुकाएर विवाह गर्ने वाचा गरेका थिए।।
एक वरिष्ठ प्रहरी अधिकारीले भने, किशोरी अत्यन्तै डराएकी छन् र हाम्रो टोलीले उनलाई परामर्श दिइरहेको छ।
आरोपितले उनको औंठी बेचेर पैसा पनि लिएका थिए।
किशोरीलाई प्रहरीसमक्ष पुर्याउने उनकी पत्नीले उनले एकैसाथ ४ देखि ५ जनासम्म महिलालाई धोका दिइरहेका थिए।
पक्राउ गरिएका व्यक्तिलाई सोमबार प्रहरीले अदालतमा पेस गरी हिरासतमा राख्न अनुमति लिएको छ।
Shares

प्रतिक्रिया