राजनीति


कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

नेपालखबर
चैत १९, २०८१ मंगलबार १४:२१, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली आज मंगलबार थाइल्यान्ड प्रस्थान गरेसँगै सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो।

प्रधानमन्त्री ओली थाइल्यान्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन बैंकक प्रस्थान गरेका छन्। प्रधानमन्त्रीकै सिफारिसमा सिंहलाई कार्यवाहक तोकिएको हो।

'सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू थाइल्यान्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन संवत् २०८१ चैत १९ गते थाइल्यान्डतर्फ प्रस्थान गर्नुहुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री श्री प्रकाशमान सिंहज्यूले सम्हाल्ने गरी तोक्नुभएको छ,' राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad