ग्लोबल


म्यानमार भूकम्प: ‘भवनमा फसेका मानिसहरू अझै चिच्याइरहेका छन्’

म्यानमार भूकम्प: ‘भवनमा फसेका मानिसहरू अझै चिच्याइरहेका छन्’

म्यानमारको दोस्रो ठूलो शहर मन्डलेमा भूकम्पका कारण धेरै भवनहरू भत्किएका छन्।


नेपालखबर
चैत १६, २०८१ शनिबार १५:३५, काठमाडौँ

म्यानमारको दोस्रो ठूलो सहर मन्डलेमा भूकम्पले भत्किएको गगनचुम्बी भवनमा अझै सात जना फसेका छन्। उद्धारकर्मीहरूले उनीहरूलाई निकाल्ने प्रयास गरिरहेका छन्।

एक उद्धारकर्मीले रातारात गरेर भवनबाट ५० जनालाई उद्धार गरिएको बीबीसीसँग बताएका छन्। 

म्यानमारमा भूकम्प गएको २४ घण्टाभन्दा बढी भइसकेको छ। 

‘हामी अझै पनि फसेका बाँकी मानिसलाई उद्धार गर्ने प्रयास गरिरहेका छौँ, तर हामीलाई ठूला मेसिन चाहिन्छ। तिनीहरू अझै पनि चिच्याइरहेका छन् र हामी अझै पनि उनीहरूको आवाज सुन्न सक्छौँ, तर हामीलाई थाहा छैन- तिनीहरू कहाँ छन्’, एक उद्धारकर्मीले भने।

‘ठूलो मेसिन पायौँ भने हामी भग्नावशेष हटाउन सक्छौँ र त्यसपछि फसेका मानिसहरूलाई उद्धार गर्न सक्छौँ।’

शुक्रबार म्यानमारमा गएको भूकम्पमा परी कम्तीमा १,००२ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २,३०० भन्दा बढी घाइते भएका छन्।

म्यानमारमा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। जसको धक्का छिमेकी देश थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो।

थाइल्यान्डमा पनि अहिलेसम्म ६ जनाको मृत्यु पुष्टि भएको छ भने सय कामदारको अवस्था अज्ञात छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad