ग्लोबल


तालिबानको दाबी- अमेरिकाले हाम्रा ३ नेताविरुद्ध घोषित इनाम हटायो

तालिबानको दाबी- अमेरिकाले हाम्रा ३ नेताविरुद्ध घोषित इनाम हटायो

अमेरिकाले तालिबान नेता सिराजुद्दीन हक्कानीविरुद्ध १ करोड डलर इनाम घोषणा गरेको छ।


नेपालखबर
चैत १०, २०८१ आइतबार ११:१३, काठमाडौँ

अफगानिस्तानका तालिबान अधिकारीहरूले अमेरिकाले उनीहरूका तीन नेता- सिराजुद्दीन हक्कानी, अजिज हक्कानी र याह्या हक्कानीविरुद्ध घोषित पुरस्कार हटाएको दाबी गरेका छन्। 

यसबारे अमेरिकाले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

रोयटर्सको रिपोर्टअनुसार, अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले अमेरिकाले सिराजुद्दीन हक्कानीविरुद्ध घोषणा गरिएको १ करोड डलरको इनाम हटाएको बताएका हुन्।

यसैबीच एफबीआईको वेबसाइटमा अफगानिस्तानका कार्यवाहक गृहमन्त्री सिराजुद्दीन हक्कानीविरुद्ध अझै १ करोड डलरको इनाम यथावत् छ। हक्कानीले ‘अफगानिस्तानमा अमेरिकी र गठबन्धन सेनाविरुद्ध सीमापार आक्रमणमा भाग लिएको’ भनिएको छ।

सिराजुद्दीन हक्कानीसँगै अब्दुल अजिज हक्कानी र याह्या हक्कानी पनि अमेरिकाको वान्टेड सूचीमा छन्।

बीबीसीका अनुसार ट्रम्प प्रशासन अफगानिस्तानमा कैद गरिएका अमेरिकी नागरिकहरूको रिहाइ सुनिश्चित गर्न प्रयासरत छ।

अफगानिस्तानमा २ दशकदेखि जारी युद्धमा २ हजारभन्दा बढी अमेरिकी सेवा सदस्य मारिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad