ग्लोबल


अन्तर्राष्ट्रिय सेना गठन गर्ने बेलायतको योजना अमेरिकाद्वारा खारेज

अन्तर्राष्ट्रिय सेना गठन गर्ने बेलायतको योजना अमेरिकाद्वारा खारेज

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री केयर स्टारमर


नेपालखबर
चैत १०, २०८१ आइतबार ८:५४, काठमाडौँ

युक्रेनमा युद्धविराम गराउन अन्तर्राष्ट्रिय सेना गठन गर्ने बेलायती प्रधानमन्त्री केयर स्टारमरको योजनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले खारेज गरेका छन्।

विटकफले यो विचार बेलायती प्रधानमन्त्री र अन्य युरोपेली नेताहरूको 'सरल' सोचमा आधारित रहेको बताउँदै उनीहरूले 'हामी सबै विन्स्टन चर्चिल जस्तै हुनुपर्छ' भन्ने सोच राखेको टिप्पणी गरेका छन्। 

ट्रम्प समर्थक पत्रकार टकर कार्लसनसँगको अन्तर्वार्तामा विटकफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गर्दै आफूलाई मन पर्ने नेता भएको बताएका छन्। 

उनले भनेका छन्, ‘म पुटिनलाई नराम्रो मान्छे मान्दिनँ। उनी धेरै बुद्धिमान छन्।’

विटकफले रुस र युक्रेन युद्धविरामका लागि अमेरिकाका तर्फबाट वार्ताको नेतृत्व गरिरहेका छन्, तर उनले रुसी सेनाले कब्जा गरेका युक्रेनका ५ क्षेत्रको नाम भने लिन सकेनन्।

उनले भने, ‘त्यो द्वन्द्वमा सबैभन्दा ठूलो समस्या यी तथाकथित चार क्षेत्र हुन्- डोनबास, क्रिमिया, तपाईंलाई नाम थाहा छ, अरू दुई छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad