रुस र युक्रेनले कैदी साटासाट गरेका छन्। प्रत्येक पक्षले १७५ जनाका दरले कैदी साटेको रुसी रक्षा मन्त्रालयले जनाएको छ।
यो साटासाटमा यूएईले मध्यस्थकर्ताको भूमिका खेलेको थियो।
रुसले ‘सद्भावनास्वरुप’ २२ जना गम्भीर घाइते युक्रेनी सैनिकलाई पनि छाडेको छ।
भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबीचको टेलिफोन संवादका क्रममा कैदी साटासाट गर्ने घोषणा गरिएको थियो।
उनीहरुबीच रुस र युक्रेनले ३० दिनका लागि ऊर्जा क्षेत्रमा आक्रमण नगर्ने सहमति पनि भएको थियो। तर, दुवै देशले मङ्गलबार राति एकअर्कामाथि आक्रमण गरेका छन्।
बुधबार भ्लादिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्पसँग टेलिफोनमा कुराकानी गरेका छन्। एजेन्सी
318
Shares

प्रतिक्रिया