डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको फोनवार्ता टुंगिएको छ।
मंगलबार भ्लादिमिर पुटिनसँग एक महिनासम्म ऊर्जा क्षेत्रमा आक्रमण नगर्ने सहमति गरेका ट्रम्पले बुधबार जेलेन्स्कीसँग कुरा गरेका हुन्।
ट्रम्पले करिब एक घण्टा लामो कुराकानी निकै राम्रो भएको बताएका छन्।
‘छलफलको अधिकांश हिस्सा हिजो राष्ट्रपति पुटिनसँग भएको कुराकानीमा आधारित थियो। रुस र युक्रेनलाई उनीहरूको अनुरोध र आवश्यकताबीच तालमेल कायम गर्न यो कुरा गरिएको हो,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘हामी सही दिशामा छौँ।’
कुराकानी विवरण विदेशमन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जले दिने उनले बताएका छन्
417
Shares

प्रतिक्रिया