अमेरिकाको दक्षिण क्यारोलिनाका एक पुरुषलाई आफ्नी पूर्वप्रेमिकाका आमाबाबुको हत्या कसुरमा मृत्युदण्ड दिइएको छ।
बीबीसीका अनुसार ६७ वर्षीय ब्राड सिग्मनलाई शुक्रबार गोली हानी मारिएको हो।
अमेरिकामा पछिल्लो १५ वर्षमा गोली हानेर कसैलाई मृत्युदण्ड दिइएको यो पहिलोपटक हो।
सिग्मनले २००१ मा आफ्नी पूर्व प्रेमिकालाई अपहरण गर्नुअघि उनका आमाबाबुलाई बेसबल ब्याटले मारेका थिए।
सिग्मनले आफूलाई गोली हानी मार्न अनुरोध गरेका थिए।
अमेरिकामा मृत्युदण्डको सजाय सुनाइएका व्यक्तिलाई आफ्नो मृत्यु रोज्न तीन विकल्प दिइन्छ।
पहिलो, घातक सुई। दोस्रो, विद्युतीय कुर्सी। तेस्रो, गोली।
2.5k
Shares

प्रतिक्रिया