थाइल्यान्डका स्कुले विद्यार्थीले अब आफूलाई मनपर्ने हेयरस्टाइल राख्न पाउने भएका छन्। थाइल्यान्डको सर्वोच्च प्रशासनिक अदालतले बुधबार यो फैसला गरेको हो।
अधिकारीहरूसँग धेरै वर्षको झगडापछि यो निर्णय लिइएको हो। अदालतले थाइल्यान्डको शिक्षा मन्त्रालयको ५० वर्ष पुरानो निर्देशन खारेज गरिदिएको छ।
१९७५ मा थाइल्यान्डमा स्कुले विद्यार्थीका लागि केही नियम तोकिएका थिए। जसमा केटा र केटीका लागि एक निश्चित कपालको शैली तय गरिएको थियो।
यसअनुसार, स्कुलहरूमा केटाहरूका लागि छोटो कपालको हेयरस्टाइल र केटीहरूका लागि बब कट हेयरस्टाइल राख्ने नियम थियो।
समयसँगै धेरै विद्यालयले यसमा छुट दिए पनि केही मानिस अझै यो नियमलाई दिशानिर्देशका रूपमा पालना गरिरहेका थिए। यो नियम पालना नगर्ने विद्यार्थीको कपालसमेत काटियो।
अदालतले भनेको छ- १९७५ को दिशानिर्देशले संविधानद्वारा संरक्षित प्रत्येक व्यक्तिको स्वतन्त्रताको उल्लंघन गर्छ र आजको समाजसँग पनि मेल खाँदैन।
Shares

प्रतिक्रिया