संयुक्त अरब इमिरेट्स (यूएई) मा थप दुई भारतीय नागरिकलाई मृत्युदण्ड दिइएको छ। उनीहरू दुवै भारतस्थित केरलाका बासिन्दा थिए।
भारतीय विदेश मन्त्रालयले मार्च ५ मा जारी गरेको विज्ञप्तिमा मोहम्मद रिनाश र मुरलीधरन पीभीलाई मृत्युदण्ड दिइएको हो।
रिनाशलाई यूएईका नागरिक र मुरलीधरनलाई भारतीय नै नागरिकको हत्या गरेको कसुर थियो।
यसअघि फेब्रुअरी १५ मा मात्रै एक बच्चाको हत्या कसुरमा भारतीय महिला शहजादी खानलाई यूएईमा मृत्युदण्ड दिइएको थियो।
भारतको विदेश मन्त्रालयले इमिरेट्समा रहेको भारतीय दूतावासले रिनाश र मुरलीधरन दुवैलाई बचाउन सबै प्रयास गरिएको तर सम्भव नभएको बताएको छ।
भारतीय विदेश मन्त्रालयले फेब्रुअरी १३ मा संसद्लाई बताएअनुसार मृत्युदण्डको सजाय पाएका ५० भन्दा बढी भारतीय नागरिक विभिन्न देशका जेलमा छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) मा मात्रै मृत्युदण्ड सुनाइएका २६ जना भारतीय विभिन्न जेलमा छन्।
भारत सरकारले सबै नागरिकलाई सबै सम्भव कानुनी सहयोग प्रदान गरिएको दाबी गरेको छ।
यसमा यमनी नर्स निमिषा प्रिया पनि पर्छिन्, जसलाई हत्या मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ।
यूएईमा शहजादी खानसहित तीन भारतीय नागरिकलाई मृत्युदण्ड दिइएपछि बाँकी २६ भारतीयको के हुन्छ भन्ने प्रश्न उठिरहेको छ।
यसबाहेक साउदी अरेबियामा १२ र कुवेतमा ३ जना भारतीय नागरिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ। उनीहरू हाल जेलमा छन्।
Shares

प्रतिक्रिया