ग्लोबल


नेतन्याहुले भने: गाजामा लडाइँ पुनः सुरु गर्न ‘कुनै पनि क्षण’ तयार छौँ

नेतन्याहुले भने: गाजामा लडाइँ पुनः सुरु गर्न ‘कुनै पनि क्षण’ तयार छौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु


नेपालखबर
फागुन १२, २०८१ सोमबार ७:३६, काठमाडौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायल गाजा पट्टीमा ‘कुनै पनि क्षण’ लडाइँ पुनः सुरु गर्न तयार रहेको चेतावनी दिएका छन्।

आइतबार उनले ‘वार्ता वा अन्य माध्यमबाट’ युद्धका उद्देश्य पूरा गर्ने वाचा गरेका छन्।

‘हामी कुनै पनि क्षणमा तीव्र लडाइँ पुनः सुरु गर्न तयार छौँ’, इजरायलले युद्धविराम सम्झौताको एक हिस्साका रूपमा प्यालेस्टिनी कैदीहरूको रिहाइ रोकेको एक दिनपछि नेतान्याहुले युद्ध अधिकारीहरूका लागि आयोजित समारोहमा भने, ‘गाजामा हामीले हमासका अधिकांश संगठित सेनाहरूलाई हटाएका छौँ तर यसमा कुनै शंका छैन- हामी युद्धका उद्देश्यहरू पूर्ण रूपमा पूरा गर्नेछौँ, चाहे वार्ताका माध्यमबाट होस् वा अन्य माध्यमबाट।’

हमासले गत शनिबार ६ बन्धक छाडेको सट्टामा हुने भनिएको ६०२ जना प्यालेस्टिनी कैदी रिहा इजरायलले अनिश्चितकालका लागि स्थगन गरिएको बताएको छ। 

इजरायलको यो कदमलाई युद्धविराम प्रक्रियामा ठूलो धक्काको रूपमा हेरिएको छ।

गाजामा युद्धविरामअन्तर्गत हमासले शनिबार हिशाम अल-सयद, एलिया कोहेन, ओमेर शेम टोभ, ओमेर वेन्कर्ट, एवेरा मङ्गिस्टु र ताल शोहम नामका ६ जना बन्धक छाडेको थियो। 

बदलामा इजरायलले पनि शनिबारै आफ्ना जेलमा रहेका ६०२ प्यालेस्टिनी रिहा गर्ने सम्झौता थियो। 

तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी बन्दीहरूको रिहाइ अब हमासले बाँकी बन्धक अर्कोपटक सुम्पिने ग्यारेन्टी नगरेसम्म रोकिने बताएका हुन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad