न्युयोर्कमा एक कार्यक्रममा बेलायती-भारतीय लेखक सर सलमान रुस्दीलाई आक्रमण घटनामा न्यु जर्सीका हादी मटर अदातलबाट दोषी ठहर भएका छन्।
०२२ मा अगस्ट २ मा लेखक ७७ वर्षीय सलमान रुस्दीलाई ती व्यक्तिले छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। छुराले उनको एउटा आँखा, एउटा हात र कलेजोमा चोट लागेको थियो।

उक्त घटनामा अदालतले २७ वर्षीय हादी मटरलाई शुक्रबार पश्चिमी न्युयोर्क राज्यको चौटौक्वा काउन्टी अदालतले हत्या प्रयास कसुरमा दोषी ठहर गर्दै ३० वर्षभन्दा बढी जेल सजाय सुनाएको बीबीसीले जनाएको छ।
साथै अदालतले आक्रमणमा सर सलमान रुस्दीको अन्तर्वार्ता लिइरहेका हेनरी रिजलाई घाइते बनाएकामा पनि उनलाई पनि दोषी ठहराएको छ।
हेनरी रिजको टाउकोमा सामान्य चोट लागेको थियो।
579
Shares

प्रतिक्रिया