ग्लोबल


ट्रम्पको टिप्पणी: म्याक्रोन र स्टारमरले युक्रेन युद्ध अन्त्य गर्न ‘केही गरेनन्’

ट्रम्पको टिप्पणी: म्याक्रोन र स्टारमरले युक्रेन युद्ध अन्त्य गर्न ‘केही गरेनन्’

फाइल तस्बिर: राष्ट्रपति ट्रम्प फ्रान्सेली राष्ट्रपति म्याक्रोन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग


नेपालखबर
फागुन १०, २०८१ शनिबार ८:२८, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायती प्रधानमन्त्री केयर स्टारमरले युक्रेनमा युद्ध अन्त्य गर्न 'केही नगरेको' आरोप लगाएका छन्।

राष्ट्रपति ट्रम्पले यो कुरा त्यस्तो समयमा भनेका हुन्, जतिबेला ती दुवै नेताले अर्को हप्ता ह्वाइट हाउसमा उनलाई भेट्न जाँदै छन्।

ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शान्ति सम्झौताबारे ‘कुनै जानकारी नभएको’ दाबी गरे। उनले भने, "मलाई लाग्दैन कि उनी बैठकमा उपस्थित हुन महत्त्वपूर्ण छ।’

रुसले सन् २०२२ मा युक्रेनमा आक्रमण गरेयता बेलायत, फ्रान्स र अन्य सहयोगी देशहरूले युक्रेनलाई हतियार र अन्य सहायता पठाइरहेका छन्।

सोमबार युरोपेली नेताहरूले युक्रेनको सम्बन्धमा पेरिसमा आपत्‌कालीन बैठक गरे। यो बैठक अमेरिका र रुसबीच साउदी अरेबियामा हुने बैठकको ठीक एक दिनअघि भएको थियो।

युरोपेली नेताहरूले यो शान्ति सम्झौताले युक्रेन र युरोपलाई अलग गर्न सक्ने डर व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले अहिले बेलायती प्रधानमन्त्री स्टारमर र फ्रान्सेली राष्ट्रपति म्याक्रोनको आलोचना गरे तापनि फक्स न्युजसँगको अन्तर्वार्तामा भने उनीहरूको प्रशंसा गरे।

उनले राष्ट्रपति म्याक्रोनलाई 'मित्र' भने भने प्रधानमन्त्री स्टारमरलाई 'असल व्यक्ति' भनेर वर्णन गरे।

बीबीसीका अनुसार राष्ट्रपति म्याक्रों सोमबार वासिङ्टन डीसी पुग्न सक्छन् भने प्रधानमन्त्री स्टारमर बिहीबार ह्वाइट हाउस पुग्ने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad