ग्लोबल


दिल्लीको नयाँ मुख्यमन्त्री बुधबार चयन गर्दै भाजपा, दौडमा छन् ६ जना

दिल्लीको नयाँ मुख्यमन्त्री बुधबार चयन गर्दै भाजपा,  दौडमा छन् ६ जना

दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने दौडमा रहेका ६ जना।


नेपालखबर
फागुन ६, २०८१ मंगलबार २०:५४, काठमाडौँ

भारतीय राज्य दिल्लीको नयाँ मुख्यमन्त्रीको शपथ यही फेब्रुअरी २० तारिख रामलीला मैदानमा हुने भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीको अर्को मुख्यमन्त्री को हुने भन्ने कुरा बुधबार निर्णय हुनेछ। भाजपा विधान दलको बैठक बुधबार दिउँसो ३:३० बजेका लागि बोलाइएको छ।

मुख्यमन्त्रीको दौडमा ६ जना
भाजपाले सधैँ अनुमानहरूलाई एकातिर राख्दै नसोचेको विधायकलाई मुख्यमन्त्री बनाउने गरेको छ। यसका बाबजुद मुख्यमन्त्रीको दौडमा ६ जना विधायकको नाम अगाडि छ।

ती ६ जनामा रवीन्द्र इन्द्रराज सिंह, शिखा राय, प्रवेश वर्मा, विजेन्द्र गुप्ता, राजकुमार भाटिया र जितेन्द्र महाजन हुन्। 

स्रोतका अनुसार पार्टीले १५ जना विधायकको नाम जारी गरेको छ। तीमध्ये ९ जनाको नाम सर्टलिस्ट गरिएको छ। यी ९ नामबाट मुख्यमन्त्री, क्याबिनेट मन्त्री र सभामुखको नाम तय गरिनेछ।

दिल्ली मन्त्रिपरिषद्‌मा मुख्यमन्त्रीसहित बढीमा ७ जना मन्त्री हुन सक्छन्। यस्तो अवस्थामा दिल्लीका सात लोकसभा सिटबाट एक-एक जना भाजपा विधायक मन्त्री बन्न सक्ने चर्चा छ।

बिहार र पञ्जाबको चुनावका अलावा जातीय समीकरणलाई ध्यानमा राखेर उनीहरूको छनोट गरिनेछ।

हालै सम्पन्न दिल्ली विधानसभा चुनावमा बहुमत ल्याउँदै भाजपा २७ वर्षपछि दिल्ली सत्तामा फर्किएको हो। 

दिल्ली विधानसभा चुनाव २०२५ मा भाजपाले ४८ सिट जित्यो भने आम आदमी पार्टी २२ सिटमा खुम्चियो। 

कंग्रेसले भने यसपटक एउटा पनि सिट जित्न सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad