साउदी अरबमा चार घण्टाभन्दा लामो वार्तापछि अमेरिका र रुसबीच युक्रेन युद्ध अन्त्यका लागि उच्चस्तरीय वार्ता टोली गठन गर्ने सहमति भएको छ।
वार्तामा चार सैद्धान्तिक सहमति भएको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बताएका छन्।
उनका अनुसार भएका सहमतिहरू यसप्रकार छन् :
–‘वासिङ्टन र मस्कोमा रहेका हाम्रो मिसनहरूको कार्यक्षमता पुनर्स्थापित गर्ने। यो बाटो बढ्न हामीलाई सामान्य रुपमा क्रियाशील कूटनीतिक सुविधा आवश्यक पर्छ।’
–‘सबै पक्षलाई स्वीकार्य हुनेगरी युक्रेन युद्ध समाप्तिका लागि वार्ता र छलफल गर्न हामी आफ्नो तर्फबाट एक उच्चस्तरीय टोली गठन गर्नेछौँ।’
–‘युक्रेन द्वन्द्व समाप्तिपछि हुने भूराजनीतिक र आर्थिक सहयोगका विषयमा छलफल गर्न सुरु गर्ने।’
–‘आज यहाँ उपस्थित पाँचजना यो प्रक्रियालाई फलदायी तरिकाले अघि बढाउन संलग्न रहने।’
रुबियोले भनेका पाँचजनामा उनी आफैँ, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज, विशेष दूत स्टिभ विट्कोफ र रुसका तर्फबाट विदेशमन्त्री सेर्गेइ लाभ्रोव तथा राष्ट्रपतिका सहयोगी युरी उसाकोव हुन्। एजेन्सी
Shares

प्रतिक्रिया