समाज


प्रकृति लम्साल प्रकरणमा ओडिसाका सांसदको चेतावनी : न्यायिक छानबिन नभए आमरण अनसन बस्छु

प्रकृति लम्साल प्रकरणमा ओडिसाका सांसदको चेतावनी : न्यायिक छानबिन नभए आमरण अनसन बस्छु

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १९:४७, काठमाडौँ

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा ओडिसा विधानसभा प्रवेश गरेको छ। मंगलबार बसेको सभाको  शून्य समयमा विपक्षी दलहरूले राज्यको कानुनी व्यवस्था संकटमा पुगेको भन्दै नेपाली विद्यार्थीको मृत्युबारे जानकारी गराउन माग गरेका हुन्।  

विपक्षी उपमुख्य सचेतक प्रताप देवले केआईआईटी विश्वविद्यालयमा भएको घटनाले ओडिसाको छवि अन्तर्राष्ट्रिय रूपमा नकारात्मक बनेको भन्दै सरकारको ध्यानाकर्षण गराए। 

कांग्रेस सांसद तारा प्रसाद बाहिनिपतिले नेपाली विद्यार्थीहरूमाथि गरिएको ज्याजति गरिएको भन्दै न्यायिक छानबिनको माग गरे। उनले भने, 'ओडिसाको नेपालसँग पुरानो सम्बन्ध छ। नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहार निन्दनीय छ। घटनाको न्यायिक छानबिन हुनुपर्छ। नभए म आमरण अनशन बस्नेछु।’ 

भारतीय जनता पार्टीका सांसदहरूले केआईआईटीका संस्थापकलाई गिरफ्तारीको माग गरे। ‘विदेशी विद्यार्थीहरूमाथि गरिएको दुर्व्यवहार निन्दनीय छ,' सांसद बाबु सिंहले भने, 'यो विश्वविद्यालय प्रशासनको निर्देशनमा भएको हुनसक्छ। संस्थापक अच्युत सामन्तलाई पक्राउ गर्नुपर्छ।’ 

भाजपा सांसद टंकधर त्रिपाठीले सरकारको आलोचना गर्दै यसअघि भएका अन्य आपराधिक घटनाहरूमा कारबाही नभएको आरोप लगाए। विपक्षी दलहरूको दबाबबीच केआईआईटी घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै सदनमा चर्काचर्की परेको थियो।

त्यस्तै पश्चिम बंगालस्थित दार्जिलिङका सांसद राजु बिष्टले पनि यस घटनामा दु:व्यक्त गरेका छन्।  

बिष्टले भारतका केन्द्रीय शिक्षामन्त्री धमेन्द्र प्रधान तथा ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीसँग सम्पर्क गरेर लम्सालको न्याय सुनिश्चित गर्न अनुरोध गरेका हुन्। उनले शिक्षामन्त्री प्रधानलाई चिठी लेख्दै घटनाको अनुसन्धानका लागि अनुरोध गरेका हुन्।

‘दार्जिलिङ पहाड, तराई र डुवर्सका जनताको तर्फबाट, म ओडिसाको होस्टेल कोठामा मृत फेला परेकी नेपालकी छात्रा प्रकृति लम्सालको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु,’ बिष्टले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘त्यहाँ अध्ययनरत विद्यार्थीहरूबाट रिपोर्ट प्राप्त भएपछि, मैले माननीय केन्द्रीय शिक्षामन्त्री श्री धर्मेन्द्र प्रधानजी र माननीय ओडिशाका मुख्यमन्त्री श्री मोहन चरण माझीजीलाई सम्पर्क गरें, स्वर्गीय प्रकृति लम्सालको लागि न्याय सुनिश्चित गर्न हस्तक्षेपको लागि अनुरोध गरेँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad